भयानक आगोले कमजोर भएको माटो पानी पर्दा बग्यो, १५ जनाको मृत्यु ५० बेपत्ता

२७ पौष २०७४

banner

एजेन्सी। भयानक आगोका कारण कमजोर भउको पहाडको माटो झरी पर्दा बगेपछि यसले ठूलो विनाश मच्चाएको छ । अमेरिकाको क्यालिफोर्नियाको पहाडबाट यसरी बग्दै आएको माटोले सयौं घर पनि बगाएको हो । अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी बेपत्ता छन् । ५० भन्दा धेरैलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । हिलोको बाढीका कारण ४८ किलोमिटर क्षेत्रमा हाइअलर्ट जारी गरिएको छ । यहाँ सवारी आवागमन पनि बन्द गरिएको छ । 

१० डिसेम्बर २०१७ का दिन क्यालिफोर्नियाको जंगलमा अहिलेसम्मकै सबैभन्दा भीषण आगो लागेको थियो । आगोले हजारौं एकड जंगल सखाप पारेको थियो । यहाँका सबै रुखबिरुवा जलेर नष्ट भएको र खरानीको थुप्रो लागेकोले माटोको पानी सोस्ने क्षमता निकै कम भएको थियो । यही कारण यहाँको माटो वर्षाका कारण बग्यो ।  प्रशासनले ठूलो वर्षाको आशंका गर्दै सांता बारबरा काउन्टि क्षेत्र खाली गराउन निर्देशन दिएको थियो । तर राजमार्ग किनारको मोन्टेसिटो शहरलाई सुक्षित मान्दै खाली गराइएको थिएन । यही शहरमा पहाडबाट बगेको हिलो बाढीले विनाश मच्चाएको हो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »