उत्तर कोरियासँग वार्ताका लागि ट्रम्प तयार, भने ‘कुरा गरेर के हुन्छ थाहा छैन’

२७ पौष २०७४

banner

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियासँग कुरा गर्न तयार रहेको बताएका छन् । बुधबार ट्रम्पले भने ‘हामी उत्तर कोरियासँग वार्ता गर्न तयार छौं । तर यो वार्ता समय आएपछि मात्रै हुन्छ । मलाई थाहा छैन कुरा गरेर हामीलाई के फाइदा हुन्छ र यसले भविष्यमा के नतिजा आउँछ ।’

यसैबीच ९ जनवरीका दिन दक्षिण कोरिया र उत्तर कोरियाबीच २ वर्षपछि पहिलो वार्ता भएको छ । वार्ताको विषयवस्तु विन्टर ओलम्पिक थियो । उत्तर कोरियाले आफूले विन्टर ओलम्पिकमा भाग लिने प्रस्ट पारेको छ । उता ट्रम्प प्रशासनले पनि विन्टर ओलम्पिक हुँदासम्म दक्षिण कोरियासँग मिलेर सैन्य अभ्यास नगर्ने प्रस्ट पारेको छ । ट्रम्पले उत्तरु कोरियासँग वार्ता एक देश अमेरिकाको लागि मात्र नभइ पूरै विश्वको लागि फाइदाजनक हुने बताएका छन् । उनले भने ‘उत्तर कोरियासँग अमेरिकाका केही समस्याहरु थिए, आशा छ वार्तापछि ती सबै समाधान हुनेछन् ।’
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »