
एजेन्सी । पहिल्लो वर्ष पेरिस जलवायु सम्झौताबाट अमेरिकाको नाम फिर्ता लिएर धेरैलाई चकित बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यू टर्नको संकेत देखाएका छन्।
मंगलबार ट्रम्पले आफ्नो देश फेरि पेरिस जयवायु सम्झौतामा शामिल हुने सम्झावना रहेको प्रतिक्रिया दिएका हुन्। ट्रम्पले भनेका छन्, सफा मनले भन्दा यो सम्झौताबाट मनाई कुनै समस्या छैन्। तर उनले जुन सम्झौतामा हस्ताक्षर गरे त्यसमा मलाई समस्या थियो। किनकी उनले सधैझैँ उक्त खराब सम्झौतामा गरे।
अमेरिकी राष्ट्रपति ट्रम्प भने, हामी सम्भावित रुपमा फेरि यो सम्झौतामा शामिल हुन सक्छौँ। पछिल्लो वर्ष ट्रम्पले ग्लोबल वार्मिङका लागि जिम्मेवार उत्सर्जनमा रोक लगाउनका लागि २०१५ मा गरिएको सम्झौताबाट अलग हुने घोषणा गरेका थिए।
नर्वोका प्रधानमन्त्री एर्ना सोलबर्गसँगको संयुक्त सम्वेलनको सम्बोधन गर्दै ट्रम्पले पर्यावरणका बारेमा सहियोग गर्ने संकेत देखाएका थिए। उनले भने, म पर्यावरणका विषयमा गम्भिर छु। हामीले स्वच्छ जल, स्वच्छ हावा चाहान्छौँ, तर हामीले प्रतिस्पर्धामा उत्रिनका लागि उद्योग समेत सञ्चालन गर्दै आएका छौँ।
Leave a reply