लालबाबुदेखि प्रकाशमानसम्मः ८ फोटोमा हेर्नुहोस् काठमाडौंका सडक बढार्दै चर्चित नेता

२७ पौष २०७४

banner

सुशील नेपाल

काठमाडौं। बिहीबार एकाबिहानै काठमाडौंका सडकमा रोचक दृश्य देखियो । सभासम्मेलनमा सम्मान थाप्दै भाषणमा व्यस्त हुने चर्चित नेताहरु बिहानै हातमा कुचो बोकेर काठमाडौंका सडक बढार्दै थिए । हातमा पञ्जा, मुखमा मास्क लगाएर हातमा कुचो लिई सडक सफा गर्दै गरेका देशका चर्चित अनुहारहरुलाई देख्दा स्थानीयबासी पनि रमाइलो मान्दै हेरिरहेका थिए । केहीले उनीहरुको फोटो खिच्न समेत भ्याए । केही स्थानीय बासिन्दा उनीहरुलाई सघाउन आफैं सडकमा पनि उत्रिए । 

सरसफाईको क्षेत्रमा काम गर्दै आएको ‘क्लिन काठमाडौं अभियान’ले बिहीबार बिहान सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितदेखि कांग्रेस नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहसम्म उपस्थित थिए । उनीहरुसँगै सरसफाइ अभियानमा काठमाडौं महानगपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, अनेरास्ववियू अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायतको पनि उपस्थिति थियो । तिनकुनेदेखि सुरु भएको सरसफाई कार्यक्रमलाई सरसफाईको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्था, कलेजहरुले साथ दिएका थिए । 

‘क्लिन काठमाडौं अभियान’ले ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । सरसफाई तिनकुनेदेखी, नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलामा पुगी सकिएको थियो । ८ फोटोमा र्हेुहोस् चर्चित नेताको सरसफाइ अभियान ।

तस्वीर: आर्यन धिमाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »