पहिलो पटक यहाँ युवतीले पनि मदिरा किन्न पाउँछन्

२७ पौष २०७४

banner

बीबीसी। श्रीलंकामा अब महिलाले पनि मदिरा किन्न पाउने भएका छन्। ६० वर्षपछि पहिलो पटक महिलाले मदिरा किन्न पाउने भएका हुन्। तर मदिरा किन्ने महिलाको उमेर भने १८ वर्ष पूरा भएको हुनुपर्नेछ। सरकारले १९५५ को एक कानुनलाई परिवर्तन गरेको छ। र भनेको छ, ‘यो कानुनले महिलामाथि भेदभाव गरेको थियो।’

बुधबार श्रीलंकाका अर्थमन्त्री मंगला समरवीराले कानुनमा परिवर्तन गरिएको घोषणा गरेका हुन्। यसअर्थ अब महिलाले ती क्षेत्रमा पनि काम गर्न पाउँछन् जहाँ मदिराको कारोवार हुन्छ।

यद्यपी श्रीलंकामा पुरानो कानुनलाई पूर्ण रुपमा लागू गरिएको थिएन। तर महिलाले कानुन परिवर्तनको स्वागत गरेका छन्।
सामाजिक संजालमा महिलाहरुले पुरानो कानुन परिवर्तन गर्ने सरकारको निर्णयको  स्वागत गरेका छन्।  नयाँ कानुन अनुसार महिलाले अब रेस्टुरेण्ट र बारमा काम गर्न वा मदिरा सेवन गर्न सरकारको अनुमति  लिनुपर्ने छैन।

धेरैजसो मानिसले सरकारको यो निर्णयको  स्वागत गरेका छन्। तर कतिपयले भने कानुन परिवर्तनसँगै महिला मदिराको तलको सिकार हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। श्रीलंकामा महिला सांस्कृतिक कारणले गर्दा पारम्परिक रुपमा मदिरा सेवन गर्न पाउँदैनन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »