भारतमा सगुनको तरङ्ग, बलिउड नायिका बनिन् नेपाली प्रोडक्टको फ्यान [भिडियो]

२७ पौष २०७४

banner

नयाँ दिल्ली । सगुन एपका लागि अनुबन्ध भएकी बलिउडकी उदीयमान नायिका श्रद्धा कपुरले सुरुमै आफ्नो मोबाइलमा सगुन एप ‘ट्राइ’ गरिन्। नयाँ एप चलाउन जब उनी अभ्यस्त भइन् उनलाई लाग्यो आफ्नो दैनिकी व्यवस्थापनका लागि यो एप निकै उपयोगी रहेछ।

नयाँ दिल्लीमा मङ्गलबार सगुनको एन्ड्रोइड एप लन्च गर्ने समारोहमा श्रद्धाले सगुन एपको प्रशंसा मात्रै गरिनन्, अगाडि बढेर उनले मञ्चमै सोधिन– ‘यस्तो एप बनाउने सोच कसरी आयो?’ उनको प्रश्न सगुनका आर्किटेक्ट एवं संस्थापक गोविन्द गिरीलाई लक्षित थियो।

श्रद्धाले गिरीको जवाफको अपेक्षा गरिन्– ‘कृपया बताउनुस् यति रचनात्मक विचार कसरी आयो?’

सगुनको इतिहास, वर्तमान र भविष्यबारे केहीबेर अगाडि मात्रै निकै भावुक अभिव्यक्ति दिएर उपस्थित सहभागीको मन जितेका गिरीले श्रद्धालाई निकै सटिकमा ‘एकशब्दे’ उत्तर दिए– ‘मेडिटेसन।’

श्रद्धा कपुरले सगुन एपको  प्रशंसा मात्रै  गरिनन्, अगाडि बढेर उनले मञ्चमै सोधिन– ‘यस्तो एप बनाउने सोच कसरी आयो?’ उनको प्रश्न सगुनका आर्किटेक्ट एवं संस्थापक गोविन्द गिरीलाई लक्षित थियो।

श्रद्धाले गिरीको जवाफको अपेक्षा गरिन्– ‘कृपया बताउनुस् यति रचनात्मक विचार कसरी आयो?’

श्रद्धाको अनुहारको भाव थप जिज्ञासु देखियो। उनले गिरीबाट थप व्याख्या चाहिन्।

गिरीले अर्थ्याए– ‘ध्यानले जीवनका समस्या पहिल्याउन मात्रै मद्दत गर्दैन, समाधान खोज्न पनि सघाउँछ।’ उनले थपे ‘सगुनलाई हामीले एउटा एपमा मात्रै सीमित राख्न चाहेका छैनौं’, उनले भने ‘यो एपलाई बढ्दो मानवीय समस्या समाधानको अस्त्र बनाउने हाम्रो प्रयास हो।’ गिरीले सामाजिक सञ्जालहरू जीवनोपयोगी र सकारात्मक परिवर्तनका लागि लक्षित हुनुपर्ने भन्दै त्यसैका लागि सगुनको प्रयास केन्द्रित रहेको बताए।

गिरीको जवाफबाट श्रद्धा प्रसन्न मात्रै बनिनन्, उनले नयाँ बर्ष २०१८ मा अनुशासित भएर मेडिटेसन गर्ने प्रेरणा पाएको मञ्चमै सुनाइन् र गिरीलाई भनिन् ‘म तपाईँबाट प्रभावित भएँ, यो अवसरका लागि धेरैधेरै धन्यवाद।’ उनले मेडिटेसनका लागि निकै प्रयास गरेको तर निरन्तरता नपाएको सुनाउँदै अब ‘पक्कावाला मेडिटेसन’ गर्ने बताइन्।

टेलिभिजनकी हस्ती प्रस्तोता मन्दिरा वेदीले मञ्चको ध्यान अफू तर्फ खिच्दै श्रद्धालाई भनिन् ‘श्रद्धा यो एपले अब तिम्रो व्यस्त दैनिकी व्यवस्थापनका लागि सहयोग गर्ने भयो।’ श्रद्धाको सहमतीपूर्ण जवाफ थियो– ‘हँ जरुर।’

सगुन एप सार्वजनिक गरेपछि मञ्चबाट ओर्लंदा श्रद्धा भारतीय मिडियाको घेरामा परिन्। उनलाई पत्रकारहरूले सगुन एपको विशेषताबारे थुप्रै प्रश्नहरू सोधे।

श्रद्धाले सगुन एप निकै ‘इन्ट्रेस्टिङ’ रहेको भन्दै आफ्ना प्रियजनसँग साँच्चिकै गहिरो र हार्दिक सम्बन्ध जोड्न यो एप लाभदायक हुने सुनाइन्।

पत्रकारसँग दिएको प्रतिकृयामा उनले भनिन्– ‘एप निकै मनछुने लाग्यो। साँच्चिकै प्रेमपूर्वक यो एप तयार भएको छ।’ श्रद्धा रोकिइनन्– ‘तपाईँ आज के गर्दै हुनुहुन्छ भन्ने थाहा दिन अब सबैलाई म्यासेज गरिराख्नु पर्दैन। आफ्नो क्यालेण्डर शेयर गरे पुग्छ। कस्तो अवस्थामा हुनुहुन्छ धेरै लेख्नु पनि परेन संकेतले आफ्नो मूड बताउन मिल्छ।’ उनी उत्साहित बनिन्– ‘यस्तो मज्जाको एप तयार गर्ने गोविन्द गिरीप्रति म निकै प्रभावित छु र उहाँलाई धन्यवाद दिन चाहन्छु।’

कार्यक्रममा कला क्षेत्र, सूचना प्रविधि, व्यवसायीदेखि राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता थियो।

सगुनमा लगानी गर्ने पहिलो भारतीयलाई सम्मान गरिएको थियो। नेपाली र भारतीयी कला एवं सांगितिक प्रस्तुती रहेको कार्यक्रम नयाँ दिल्लीको एक पाँचतारे होटलमा आयोजित थियो।

सगुनका सहसंस्थापकद्वय कबिन्द्र सिटौला र स्वाति दयालले सहभागीहरूबीच सगुनको हालसम्मको यात्रा र अबका योजनाबारे अनुभवहरू साटेका थिए।

सहसंस्थापक सिटौलाका अनुसार दक्षिण एशियामा प्रभाव विस्तारको योजना अनुसार सगुनको प्राविधिक कार्यालय दिल्लीमा स्थापना गरेर गतिबिधिहरू अगाडी बढेका छन्। भारतमा सगुनका प्रयोगकर्ता र लगानीकर्ता दुबै आकर्षित गर्न सफल भएको सिटौलाको प्रतिकृया छ।

श्रद्धा कपुर बनिन् सगुनकी ‘फ्यान’ (भिडियो)

सगुनका मुख्य तीन विशेषताः

माई डे- 

यो प्लेटफर्ममा आफ्नो समय तालिका, गर्नुपर्ने कामको सुचीबारे जानकारी दिने सूचक हुन्छ। व्यस्त तालिकामा काम गर्ने हुन् वा आम प्रयोगकर्ता सबैको आफ्नो दैनिकी महत्वपूर्ण हुन्छ। ती सबैका लागि यो फिचर निकै उपयोगी छ।

मूड टक-

च्याट गर्ने प्लेटफर्म हो- मूड टक। जहाँ प्रयोगकर्ताले धेरै शब्द खर्चनु पर्दैन। व्यस्त अवस्थामा पनि संकेतका भरमा चाहेको सन्देश जोकसैलाई पठाएर आफ्नो अवस्था वयान गर्न सकिन्छ। तपाईँ कस्तो महसुस गर्नु भएको छ त्यो अनुसार तपाईँको ‘मूड’ संकेत गर्ने सहज उपाय यो एपमा छ। तपाईँ खुशी, दुःखी, अति उत्साहित, बिरामी कस्तो अवस्थामा हुनुहुन्छ संकेतका भरमा सहजै र छिटो आफ्ना निकट मित्र र प्रियजनमा सन्देश प्रवाह गर्न मूड टक निकै उपयोगी छ।

गोपनीयता- 

प्रयोगकर्ताका लागि गोपनीयताको निकै महत्व हुन्छ। तपाईँ आफ्नो पहिचान नखुलाएर चाहेको व्यक्तिसँग सरसल्लाह लिन, आफ्नो विचारहरू साट्न, केही नयाँ कुरा सिक्न, केही पत्ता लगाउन सक्नुहुनेछ। तपाईँको गोपनीयतालाई ख्याल राख्दै कुनै पनि अर्को प्रयोगकर्तासँगको गोप्य संवाद उसले हेरेपछि स्वतः डिलिट हुने अप्सन छ। अत्यन्तै गोप्य संवाद पनि यो माध्यमबाट सुरक्षित र भरपर्दो हुनेछ।

एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले गुगल एप स्टोरमा गएर Sagoon सर्च गरेर एप डाउनलोड डर्न सक्नेछन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »