द्रुत प्रगतिको अर्को नाम 'दिल्ली विमानस्थल' [फोटो फिचर]

२७ पौष २०७४

banner

नयाँ दिल्ली । राजधानी नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल भारतको सर्वाधिक व्यस्त विमानस्थल हो। भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको नाममा बनेको यो देशकै सबैभन्दा उच्च क्षमताको विमानस्थल हो। भारतकै अर्को ठूलो सहर मुम्बईको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो ठूलो हो।

दिल्ली विमानस्थल लगभग ५,२२० एकड क्षेत्रफलमा छ। २००६ देखि यो विमानस्थलको प्रबन्ध दिल्ली अन्तर्राष्ट्रिय एयरपोर्ट लिमिटेड (डायल) को जिम्मामा छ। विवादकाबीच जीएमआर समूहसँगको ज्वाइन्ट भेन्चरमा डायलले यो विमानस्थलको व्यवस्थापकीय देखि सञ्चालन दायित्व पाएको हो।

वर्ष २००१ देखि २०१२ सम्ममा यो विमानस्थलमा ३५८.८ लाख यात्रु आवतजावत गरेको तथ्यांक छ। यो आँकडा वर्ष २०३० सम्ममा १० करोड पुग्ने प्रक्षेपण छ।

यो विमानस्थलको टर्मिनल-३ विश्वका ८ औं सबैभन्दा ठूला यात्री टर्मिनलमध्येमा पर्छ। विश्वका सर्वोत्तम विमानस्थलमध्ये चौथो र एशिया प्रशान्तमा सबैभन्दा द्रुत प्रगति भएको विमानस्थलका रूपमा इन्दिरा गान्धी विमानस्थलले सम्मान पाएको थियो।

भारतले पछिल्ला वर्षमा पूर्वाधार विकासमा गरेको द्रुत प्रगतिको एउटा नमूना हो यो विमानस्थल।

डिसी नेपालका लागि टेकनारायण भट्टराईले खिचेका केही तस्बिर। अस्ताउँदो सूर्यको तस्बिर विमानस्थल प्रवेश क्षेत्रबाट खिचिएका हुन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »