सावधान ! खाना खानेबित्तिकै गर्नु हुन्न यी ८ काम 

२७ पौष २०७४

banner

काठमाडौं। हाम्रा केही बानीहरु यस्ता हुन्छन् जसले हामी आफैंलाई निकै खतरामा पारिरहेका हुन्छन् । यी बानीहरुले हामीलाई ठूलो नोक्सान गर्ने भए पनि हामीलाई यसबारे थाहा हुन्न । यहाँ हामीले यस्तै ८ बानीहरुको बारेमा चर्चा गर्दैछौं जो हामीले खाना खानेबित्तिकै गर्नु हुन्न । 

१. खाना खानेबित्तिकै नुहाउनु हुँदैन । यसले हाम्रो खाना ठिकसँग पच्न पाउँदैन । नुहाउँदा हाम्रो रगतको बहाव हात र खुट्टातर्फ बढी हुन्छ र पेटतिर कम हुन्छ जसले पाचान शक्ति कमजोर बनाउँछ । 

२.  खाना खानेबित्तिकै सुत्नु हुँदैन किनकि खाना खाइसकेपछि हाम्रो खाना पेटतिर जाँदै हुन्छ । यतिबेला सुत्दा हाम्रो पेटमा पाचनका लागि निस्किने तरल पदार्थ माथि आउँछ ।
 
३. खाना खानेबित्तिकै चिसो पानी पिउनु हानीकारक हुन्छ । यसले हाम्रो पाचन शक्ति कमजोर बनाउँछ । खाना खाएको ३० मिनेटपछि हल्का तातो पानी पिउनु उपयुक्त हुन्छ । 

४. खाना खानेबित्तिकै हिँड्नु हुँदैन । खाना खाएको १५ मिनेटपछि हिँड्नु उपयुक्त हुन्छ । 

५. खाना खानेबित्तिकै नाच्नु, पौडी खेल्नु वा एक्सरसाइज गर्नु हुँदैन । 

६. खाना खानेबित्तिकै फलफूल खानु पनि ठिक हुँदैन ।

७. खाना खानेबित्तिकै चुरोट पिउँदा क्यान्सरको खतरा एकदमै बढ्छ । 

८. खाना खाएपछि चिया पिउनु पनि उचित होइन ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »