पाटन संग्रहालय घुम्न आउने पर्यटक बढे

२७ पौष २०७४
banner

फाईल तस्वीर

ललितपुर । ललितपुरको पाटन संग्रहालयमा आउने पर्यटकको संख्या बढेको छ । गत वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अबधिमा संग्रहालय आउने पर्यटकको संख्या एक दशमलव पाँच प्रतिशतले बढेको संग्रहालयले जनाएको छ ।

‘संग्रहालय र नगरपालिकाबीचमा एकद्वार प्रणाली लागू भएपछि स्मारक क्षेत्र र संग्रहालय गरेर दुवैतर्फ आउने पर्यटकको संख्या बढिरहेको छ,’ संग्रहालयका प्रमुख सुरेशमान लाखे भन्छन् – ‘संग्रहालयमा अउने विदेशी र आन्तरिक दुवै पर्यटक बढिरहेका छन् ।’ चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा एक लाख ७ सय ७९ पर्यटकले संग्रहालय घुमेका छन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ९ सय ६ जना पर्यटक संग्रहालय आएका थिए । अहिले संग्रहालयमा मर्मतसम्भारकोे काम भइरहेको छ । ‘मर्मतका समयमा समेत यहाँ आउने पर्यटकले सामग्री हेर्न पाउनेछन्’, उनले भने ‘अस्थायी प्रदर्शन कक्षमा नै सबै सामग्री राख्ने व्यवस्था मिलाएका छौँ ।’

गत वर्ष पर्यटक शुल्कबाट तीन करोड ३० लाख ५३ हजार ९ सय ४० रुपैयाँ संकलन भएकोे थियो भने चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पाँच करोड ८२ लाख ६५ हजार ७ सय ५० रुपैयाँ संकलन भएको संग्रहालयले जनाएको छ ।रासस
 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l