कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला

२७ पौष २०७४

banner

सांकेतिक तस्वीर

सौल । दक्षिण कोरियामा एक नेपाली झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

महोत्तरी जिल्लाको बर्दिबास स्थायी घर भएका मगर थरका नेपाली बिहीबार बिहान झुण्डिएको अवस्थामा फेला परेको एनआरएन कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङ्गले जानकारी दिईन् । अहिले उनको शव पुछन अस्पतालमा रहेको छ । त्यहाँ कार्यरत नेपालीहरूलाई प्रहरीले सोधपुछको लागी प्रहरी चौकीमा लगेको छ ।

मृतक व्यक्ति कोरिया आएको ७ महिना मात्र भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उनको हिजो नेपाल जाने उडान तालिका रहेको थियो । उनि २५ बर्षका थिए ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »