जापानमा पिजडा ब्याक प्रदर्शन हुने

२८ पौष २०७४

banner

टोकियो । अभिनेता निखिल उप्रेती अभिनित चलचित्र पिजडा ब्याक अगेन जापानमा प्रदर्शन हुने भएको छ।

पिजडा ब्याक अगेनका लागि क्लासिक युथ क्लव जापानले रेड कार्पेट सहितको प्रिमियर शो गर्न लागिएको हो।

उक्त प्रिमियर शोका लागि नेपालबाट नायक निखिल उप्रेती, निर्देशक हिमाल केसी र नायिका सञ्चिता लुईटेल जापान आउने भएका छन्। 

मेगुरो कुमिन सेन्टरमा जनवरी २८ का दिन प्रदर्शन गर्न लागिएको पिजडा क्याक अगेनको सम्पूर्ण तयारी पुरा भएको क्लवका अध्यक्ष विष्णु कार्कीले जानकारी दिएका छन्।gma

Leave a reply

HTML Tags are not supported

Post My Comment »