ऐश्वर्या-अभिषेकपछि गर्लफ्रेण्डका कारण आमाबाबुको घर छोड्दै बरुण धवन

२८ पौष २०७४

banner

एजेन्सी। ऐश्वर्या-अभिषेक बच्चनले आमाबाबुको घर छाडेको उक सातामै बलिउडका अर्का सुपरस्टार बरुण धवनले पनि आमाबाबुको घर छाड्ने भएका छन् । उनले आमाबाबुको घर छाड्ने कारण उनकी गर्लफ्रेण्ड भएको बताइएको छ । सुपरस्टार भएसँगै बरुणले मुम्बइको बान्द्रामा एक घर किनेका थिए । अब उनी आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग यही घरमा सर्ने तयारी गरेको बताइएको छ । 

एक समाचार साइटका अनुसार आलिया भट्टसँग बरुण नजिकिएको खबरसँगै उनकी गर्लफ्रेण्ड नताशासँग उनको सम्बन्ध चिसिएको थियो । सुटिङमा व्यस्त हुनुपरेका कारण पनि उनले गर्लफ्रेण्डलाई समय दिन पाइरहेका थिएनन् । बरुण अहिले फिल्म अक्टुबरको सुटिङ सकेर अर्को फिल्म सुइ धागाको सुटिङमा व्यस्त छन् । यस्तो अवस्थामा उनले पिताको घर छोडेर नयाँ घरमा सर्ने निर्णय गरेका हुन् ताकि उनलाई धेरैभन्दा धेरै समय दिन सकुन् । 

बरुण र नताशा बाल्यकालदेखिका साथी हुन् । दुवैले एउटै स्कुलमा पढेका हुन् । यी दुइ धेरै पटक विभिन्न कार्यक्रम र पार्टीमा सँगसँगै देखिएका छन् । तर यिनीहरुले आफ्नो सम्बन्ध सार्वजनिक भने गरेका छैनन् । बीचमा यी दुई एउटै फ्ल्याटमा सर्ने खबर पनि आएको थियो । तर बरुणका पिता डेविड धवनले उनीहरुलाई लिभ इन रिलेसनमा रहन दिएका थिएनन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »