पप सम्राट ओम विक्रम विष्टको उपचारमा सहयोग गर्न सबैमा आग्रह 

२८ पौष २०७४

banner

काठमाडौँ । दुबै मृगौलामा समस्या देखिएका नेपाली पप सम्राट ओम विक्रम विष्टको उपचारमा सहयोग गर्न सारथी इन्टरनेशनल नेप्लिज  आर्टिस्ट सोसाइटी (र्इनास)ले सबैमा आग्रह गरेको छ। 

पप सम्राट विष्टको स्वास्थ्य उपचारमा सहयोग गर्न ईनास अमेरिकाले वासिंगटन डिसी मेट्रो एरियाको टाईसन कर्नरमा पप सांगेतिक तथा साँस्कृतक कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम यही जनवरी २० मा बेलुकी ५ बजे देखि ८ बजेसम्म आयोजना हुने आयोजकले जनाएको छ।  करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको सो उपचारकालागि देश विदेशबाट स्वफूर्तरुपमा सहगोग जुटाउन नेपालीहरु लागि रहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली पप सम्राट विष्टको उपचारमा सहयोग जुटाउन इनास अमेरिकाले सांस्कृतिक कार्यक्रम गर्दै

‘श्रष्टालाई बचाऊँ। श्रष्टालाई ज्यूँदो छदैँ सम्मान गरौँ ।’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा सहभागी भएर विष्टको उपचारमा जतिसक्दो सहयोग गरिदिन आर्यक्रमका आयोजक तथा ईनासका अध्यक्ष गोविन्ददास श्रेष्ठले विज्ञप्ति जारी गर्दै सबैमा अनुरोध गरेका हुन्। 

आयोजक संस्था ईनासको विज्ञप्ति जस्ताको तस्तै 

Leave a reply

HTML Tags are not supported

Post My Comment »