हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने

२८ पौष २०७४

banner

काठमाडौं। हिमालयन बैंकले आफ्ना शेयरधनी सदस्यहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। शुक्रबार सम्पन्न बैंकको पच्चीसौं बार्षिक साधारणसभाले आफ्ना शेयरधनी सदस्यका लागि  २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३१ प्रतिशत नगद गरी २६ प्रतिशत ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकको सिलिङ अनुसार ८ अर्व चुक्ता पूँजी पुर्याउनका लागि आफ्ना शेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले जानकारी दिए।

बैंकले आर्थिक बर्ष ७३÷७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको। यस बर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गरेको बैकले सरकारको योजना अनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताएको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »