राजपुत सेनाले गरे सेन्सर बोर्ड घेराउ, ‘पद्मावत’ रिलिज हुन नदिने अडान

२८ पौष २०७४

banner

मुम्बइ। निर्देशक संजय लीला भंसालीको फिल्म पद्मावतलाई सेन्सर बोर्डले रिलिज गर्न अनुमति दिएपछि राजपुत संगठन राजनगरबाट मुम्बइ पुगेका छन् । उनीहरुको करणी सेनाले शुक्रबार सेन्सर बोर्डको कार्यालय नै घेराउ गरेको छ । ५० देखि १०० को संख्यामा आएका उनीहरुले कुनै हालतमा फिल्म रिलिज हुन नदिने अडान राखेका छन् । 

राष्ट्रिय राजपुत करणी सेनाका जीवनसिंह सोलंकीने घेराउमा सहभागी हुन अझै राजपुत संगठनका सदस्यहरु आइरहेको बताए । प्रहरीले आफरुहरुलाई घेराउ गर्न रोके योभन्दा ठूलो आन्दोलन गर्ने उनले बताए । सोलंकीले भने ‘फिल्मको नाम मात्रै फेरिएको छ तर कथा फेरिएको छैन । सरकारले यो कुरा ध्यान दिनुपर्छ ।’ करणी सेनाका अध्यक्ष सुखदेव सिंह गोगामेडीले कुनै हालतमा फिल्म रिलिज हुन नदिने घोषणा गरेका छन् । राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएकी छिन् । तर देशका अन्य प्रदेशमा र विदेशमा २५ जनवरीका दिन फिल्म रिलिज गर्न सेन्सर बोर्डले अनुमति दिएको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »