ऋषि कपुरले महिलासँग गरे यस्तो हर्कत, छोरा रणवीरले लज्जित हुँदै माग्नुपर्यो माफी

२८ पौष २०७४

banner

मुम्बइ। बलिउड अभिनेता ऋषि कपुरका कारण एक रेष्टुरेण्टमा हंगामा भएको छ । ऋषिका कारण उनका छोरा रणवीर कपुरले लज्जीत हुँदै माफी माग्नुपरेको छ । गएराती ऋषि परिवारसँग मुम्बइको बान्द्राको एउटा रेष्टुरेण्टमा डिनरका लागि गएका थिए । 

यहा ऋषिसँग उनकी पत्नी नीतु, छोरा रणवीर र नातिनी समारा थिए । त्यही रेष्टुरेण्टमा ऋषिकी एक फ्यान पनि परिवारसँग डिनरका लागि आएकी थिइन् । ती महिलाले कपुर परिवारलाई त्यहाँ देखेपछि उत्साहित हुँदै सेल्फी खिच्न आग्रह गरिन् । ती महिलाले नीतु र रणवीरसँग त सेल्फी लिइन् तर ऋषि भने उनलाई वास्ता नगरी अगाडि बढे । कपुर परिवार रेष्टुरेण्टबाट बाहिर निस्कनै लाग्दा उनी फेरि उनीहरुको नजिकै पुगिन् र ऋषिसँग पनि सेल्फी खिच्न आग्रह गरिन् । 

ऋषिले भने सेल्फी दिन अस्वीकार गरे । ऋषिले अस्वीकार गरेपछि ती फ्यानलाई नराम्रो लाग्यो र उनले भनिन् ‘हाउ रुड’ (कति रुखो) । उनले त्यति भन्नासाथ ऋषिको पारो तात्यो । उनले आफ्नो नियन्त्रण गुमाए र ती महिलालाई त्यही तथानाम गाली गरे । ऋषिले सबैको सामु गाली गरेपछि ती महिला रुन थालिन् । त्यही बेला रणवीर आए र पितालाई रोके । उनले ती महिलासँग माफी पनि मागे ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »