६ महिनाकी बालिकाको अगाडि पूरै परिवार सखाप, एउटै चोट नलागी यसरी बचिन् एक्ली बालिका

२८ पौष २०७४

banner

६ महिनाकी एक बालिकाले आफ्नै आँखाअगाडि आफ्ना आमाबुवा, दाजु र घरेलु कामदारसमेतको भयानक मृत्यु देखिन् । यस्तो विभत्स घटनाबाट ती बालिका एक्लै बाँचेकी छिन् । बाँकी परिवारका सबै सदस्यको मृत्यु भएको छ । घटनामा ज्यान गुमाएकी घरेलु कामदारको काखले ती बालिकाको ज्यान बचाएको छ । भारतको चण्डीगढमा लुधियाना फिरोजपुर सडकमा भएको यो भयानक दुर्घटनामा बचेकी ती बालिकालाई भने सामान्य चोट पनि लागेको छैन । 

कारमा सवार यो परिवारको कार अगाडिबाट आइरहेको ट्रक्सँग ठोक्किएपछि भयानक दुर्घटना भएको थियो । दुर्घटनामा बालिकाका पिता वकिल सुदर्शन पुंची, उनकी श्रीमती सीमा, साढे ३ वर्षका छोरा ध्रुवको घटनास्थलमै मृत्यु भयो । उनको घरमा घरेलु कामदारको रुपमा रहेकी काजल गम्भीर घाइते भएकोमा उनको अस्पतालमा ज्यान गयो । तर उनै काजलको काखले ६ महिनाकी बालिका ध्वनीलाई कुनै चोट नलागी बचाएको छ । 

वकिल सुरर्शन आफन्त अशोक कुमारको अन्तिम संस्कारमा सहभागी हुन सपरिवार चण्डीगढबाट फरिदकोट जाँदै थिए । अचानक सडकमा ट्रकसँग टक्कर हुँदा अगाडिको सिटमा बसेका पतिपत्नी र छोराको घटनास्थलमै ज्यान गयो । बिहीबार बिहान भएको घटनामा गम्भीर रुपमा घाइते भएकी घरेलु कामदार काजललाई उपचारको लागि अस्पताल ल्याइयो । अस्पतालमा काजलको ज्यान गएपछि ६ महिनाकी बालिका ध्वनी रुन थालिन् । 

त्यही दिन अस्पतालमा छोरा जन्माएकी सुत्केरी महिला चंचल रानीले ती बालिकालाई आफ्नो दूध पिलाएकी थिइन् । सुरुमा अस्पतालमा रहेका नर्सहरुले बालिकालाई बोतलको दूध दिएका थिए तर बासलकाले बोतलको दूध पिउन नमानेपछि ती महिलाले आफ्नै दूध पिलाएकी थिइन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »