दूधकोशीमा बेपत्ता भए वडाध्यक्षका छोरा 

२८ पौष २०७४

banner

खोटाङ । खोटाङको हलेसी चुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका छोरा १४ वर्षीय किरण दूधकोशीमा डुबेर बेपत्ता भएका छन् । साथीसँग माछा मार्न गएका किरण बिहीबार अपराह्नदेखि बेपत्ता भएका हुन् ।

घर नजिकै पर्ने दूधकोशीस्थित जोर्तीघाटमा माछा मार्न गएका समयमा कोशी तर्ने क्रममा डुबेर उनी बेपत्ता भएको स्थानीयवासीले बताएका छन् । ट्युबमा चढेर कोसी तर्दै गरेका किरण बीचमा पुगेर पल्टिएपछि डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजीका लागि प्रहरी चौकी च्यास्मिटारबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

विद्यालय छुट्टी भएका समयमा दूधकोशी आसपासका बालबालिका नदीमा माछा मार्न जाने गरेका छन् ।रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »