ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

२८ पौष २०७४

banner

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा शुक्रबार अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ५९ प ८९५१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख १९४३ नम्बरको एलपी ट्रकले ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको हो ।

ठक्कर पश्चात गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहाहुर थापाले जानकारी दिए ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »