राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनमा २१ दल दर्ता

२८ पौष २०७४

banner

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले उपलब्ध गराएको १५ दिनको समयमा २१ वटा दलले दल दर्ता गराएका हुन् । आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय जनमोर्चा लगायत २१ वटा दलले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिएका दलको योग्यताको विषयमा आयोगले छानविन गरि सूची प्रकाशन गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगद्धारा प्रकाशित अन्तिम उम्मेदवारको सूचीमा कायम रहने दल र स्वतन्त्र उम्मेदवारलाई मात्रै निर्वाचन चिन्ह् प्रदान गरिने पनि प्रवक्ता ढकालले जानकारी दिए ।

आगामी माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »