माईत हिँडेकी महिला मृत फेला

२८ पौष २०७४

banner

सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा माइती घर हिँडेकी एक महिला मृत फेला परेकी छिन् । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ५२ वर्षीया निम्दु तामाङ मृत फेला परेकी हुन ।

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बुधबारदेखि बेपत्ता भएकी तामाङ तीन दिनपछि शुक्रबार मृत फेला परेकी हुन् । तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताए ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »