डा. केसीले भोलि अनशन तोडने, सरकारबीच पाँच बूँदे सम्झौता

२८ पौष २०७४

banner

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच पाँच बुँदे सम्झौता भएको छ ।

आज (शुक्रबार) साँझ महाराजगञ्जस्थित अस्पतालमा स्वास्थ्य मन्त्री दीपक बोहरा, योजना आयोग उपाध्यक्ष डा. स्वर्णिम वाग्ले सम्मिलित टोली र केसी पक्षबीच भएको वार्तामा पाँच बूँदे सम्झौता भई भोलि (शनिबार) अनशन तोडने सहमति भएको छ । डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले भोलि डां केसीले अनशन तोड्ने जानकारी दिए । डा. केसी पाँच दिनदेखि अनशनमा छन् ।

गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उनले अनशन शुरू गरेका थिए । सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् । अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो ।


भोलि बिहान १० बजे अनशनस्थल शिक्षण अस्पताल, महाराजगञ्जमा डा. केसीले अनशन तोड्ने डा. सिहले जानकारी दिए । यो उनको १४ औं आमरण अनशन हो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »