नासाले पप गायक बिस्टको उपचारको लागि फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम गर्दै 

२९ पौष २०७४

banner

अमेरिका । अमेरिकाको दक्षिणपूर्वीका १५ राज्यमा बसोबास गर्ने नेपालीको साझा संस्था नासा (Nepaliese 
Asociation  of SoutheastAmerica)
ले नेपाली पप संगीतका पहिलो गायक तथा  पप  सम्राट  ओम  बिक्रम  बिस्टको  उपचारको  लागि  सांगेतिक  प्रस्तुतीसहितको फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रमको आयोजना गर्ने भएको छ। 

नासाले अमेरिकी पूर्वीय समय अनुसार शनिबार बेलुकी ९ बजे सांगीतिक कार्यक्रमसहित फेसबुक लाइभ फन्डरेजिङ कार्यक्रम गर्न लागेको हो। 

नासाले आयोजना गर्न लागेको यस कार्यक्रमलाई सम्भवत पहिलो पटक एकै चोटी ५ वटा नेपाली अनलाईन मिडियाबाट विश्वभारका  नेपालीहरुले  प्रत्यक्ष हेर्न सक्ने कार्यक्रम संचालक तथा नासाका सांस्कृतिक कमिटिका अध्यक्ष बिशाल भारतीले जानकारी दिए। 

सांगीतिक फन्डरेजिङमा स्थानिय गायक प्रदिप क्रिस घिमिरे र सुमन भट्टराईले पप सम्राट बिष्टकै आवा जमारहेको, म मौनतामा  अल्झीरहेको  एउटा जीवन, गीतबाट कार्यक्रमको सुरुवात गरी कार्यक्रम अवधिभर विभिन्न सांगेतिक प्रस्तुती दिने अयोजकले बताएको छ। कार्यक्रमको बिच बिचमा विश्वभर छरिएर रहेका नेपालीलाई पप सम्राट विष्टको उपचारमा सहयोग गरिदिन अपिल समेत गरिने बताइएको छ।  कार्यक्रमका सभापति माधव ढकालका अनुसार कार्यक्रम सञ्चालनकै क्रममा सहयोगको घोषणा गर्ने व्यक्तिको नाम कार्यक्रमबाटै उद्घोष समेत गरिने छ। 

यसअघि पनि नासाले फेसबुक लाइभ फन्डरेजिङ मार्फत कलाकार दिपक क्षेत्रीको उपचारका लागि २ लाख, नेपालका १०१३ घर बाढी पीडितका लागि लगभग सात लाख रुपैयाँ बराबरको राहत तथा ७ जना मृतक परिवारलाई रु पाँच हजारका दरले ३५ हजार नगद बाड्न सफल भएको हो।  

दुबै मृगौला खराब भएका पप सम्राट बिष्टले यतिबेला अमेरिकास्थित छोरीको घरमा बसेर डायलसिस गराइरहेका छन्। भारतमा गएर मृगौला प्रत्यारोपण गराउने योजना बनाएका विष्टको उपचारका करीब ५० लाखको खर्च लाग्ने अनुमान गरिएको छ।  उपचारका लागि खर्च अभाब भएका कारण अहिले अमेरिकामा रहेका नेपालीहरु बिष्टको उपचारमा सहयोग जुटाउन लागि परेका छन्। 

कलाकारको सम्मानका लागि उप्ठ्यारो परिस्थितीमा जतिसक्दो सहयोग गरेर विष्टको ज्यान बचाउन नासाले सबैमा अनुरोध गरेको छ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »