यी महिलाको कमाइले बिल गेट्सलाई पनि उछिन्यो, एक हप्तामै यति धेरै कमाइ 

२९ पौष २०७४

banner

एजेन्सी। चीनकी एक महिलाको लागि २०१८ को सुरुवात निकै सफल रह्यो । उनले २०१८ को पहिलो हप्तामै यति धेरै कमाइ गरिन् जसले विश्वकै दोस्रो धनी व्यक्ति बिल गेट्सको कमाइलाई पनि उछिनेको छ । चीनकी सबैभन्दा धनी महिला यांग हुइयानले आफ्नो व्यवसाय रियलस्टेटबाट २०१८ को पहिलो हप्तामै साढे ६२ हजार करोड नेपाली रुपैयाँबराबरको कमाइ गरेकी छिन् । यति ठूलो परिमाणमा हप्तामै टर्नओभर बढाउनेमा अमेजनका सिइओ जेफ बेजोसले मात्रै उनलाई जितेका छन् । बेजोसको १ हप्ताको टर्नओभर ६७ हजार करोड नेपाली रुपैयाँ बराबरले वृद्धि भएको छ । 

यांग चीनको रियलस्टेट क्षेत्रको सबैभन्दा ठूलो कम्पनी ‘कन्ट्री गार्डेन होल्डिङ्सकी’ भाइस चेयरपर्सन हुन् । कम्पनीको कारोबारमा वृद्धि हुँदा २०१८ को पहिलो व्यवसायिक हप्ताका यांगको सम्पत्ति झण्डै साढे ६२ हजार करोड नेपाली रुपैयाँ बराबरले बढेको छ । कम्पनीको कारोबार बढेसँगै कम्पनीको हङकङ मार्केट स्टकमा १० दिनमा २३ प्रतिशत वृद्धि भएको छ । महिनाभरमा कम्पनीको शेयर ५० प्रतिशत बढेको छ । 

३६ वर्षकी यांग चीनकी सबैभन्दा कान्छी अर्बपति हुन् । मार्केटिङमा स्नातकसम्म पढेकी यांगले यो कम्पनी पिताबाट पुख्र्यौली सम्पत्तिको रुपमा पाएकी थिइन् । अस्ट्रेलियामा पनि उनको रियलस्टेटको कारोबार छ । २००५ मा उनका पिता यांग गुओकियांगले उनलाई आफ्नो उत्तराधिकारी घोषित गर्दै आफ्ना सबै शेयर छोरीको नाममा गरिदिएका थिए । यांक ब्राइट स्कलर एजुकेशन होल्डिङकी चेयरपर्सनसमेत हुन् । यो चीनमा अन्तर्राष्ट्रिय र द्विभाषी स्कुल चलाउने सबैभन्दा ठूलो कम्पनी हो । 

ब्लुमबर्ग बिलियनेयर्स इनडेक्समा संसारका दोस्रो सबैभन्दा धनी बिल गेट्सको सम्पत्ति भने झण्डै १५ हजार करोड नेपाली रुपैयाँ बराबरले वृद्धि भएको जनाइएको छ । चीनमा रियल स्टेटको कारोबार निकै तीब्र गतिमा बढिरहेको छ । यसकारण त्यहाँका अर्बपतिको कमाइ पनि निकै तीब्र गतिमा बढिरहेको छ । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »