नन्द–भाउजुबीच समलिंगी सम्बन्धले श्रीमान् पीडित, महिला सहायता कक्षमा उजुरी

२९ पौष २०७४

banner

बिहेको ६ महिनामै आफ्नी श्रीमती र आफ्नै बहिनीबीच समलिंगी सम्बन्ध सुरु भएपछि पीडित बनेका एक युवकले महिला सहायता कक्षमा सहयोगको याचना गरेका छन् । युवकले आफू र आफ्नो परिवार ती दुईको सम्बन्धबाट निकै पीडित भएको भन्दै सहयोगको याचना गरेका हुन् ।

ती युवकले काउन्सिलरसँग भनेका छन् ‘म र मेरो परिवार उनीहरुको सम्बन्धबाट आजित भइसकेका छौं । मैले मेरी बहिनीलाई आमाबुवासँग जान पठाउँदा उनले आत्महत्या गर्ने धम्की दिन्छिन् ।’ भारतको अहमदाबाटको कुबेर नगरमा यस्तो घटना भएको हो । उजुरी गर्ने युवक राकेशको ६ महिनाअघि श्रवेता नामकी युवतीसँग बिहे भएको बताइएको छ । 

२३ वर्षीय श्वेतासँग बिहे गरेर ल्याएपछि राकेश श्रीमतीसँगै आफ्ना मातापिता सीमा, समीर र १४ वर्षकी बहिनी रेखासँगै बस्न थालेका थिए । यही बीचमा नन्दभाउजुको समलिंगी सम्बन्ध सुरु भएको हो । यी दुईको समलिंगी सम्बन्धको बारेमा छिमेकीले थाहा पाए । यसका अलावा सासु ससुराले पनि कैयौं पटक दुवैलाई रंगेहात समाते । घरमा यस्ता घटना भएपछि परिवारले राकेश र श्वेता छुट्टै बस्ने निर्णय गर्यो । 

छोराबुहारी छुट्टै बस्न थाले पनि रेखा आफ्नो भाउजुसँग छुट्टिएर बस्न चाहन्नथिन् । जब उनलाई भाउजुसँग छुट्टिएर बस्नको लागि सम्झाइयो उनले आत्महत्या गर्ने धम्की दिन थालिन् । आजित भएर राकेशले महिला हेल्पलाइनमा सहयोगको लागि आग्रह गरेका छन् । हेल्पलाइनकी काउन्सिलर लीना जेठवाले ती दुईलाई सम्झाउने आश्वासन दिएकी छिन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »