तीन पार्टी निकट महिला संगठनबीच एकता

२९ पौष २०७४

banner

काठमाडौं। माओवादी केन्द्र, नयाँ शक्ति नेपाल र नेकपा संयुक्त पार्टी निकट महिला संगठनबीच एकता भएको छ। शनिबार माओबादी केन्द्रको पार्टी मुख्यालय कोटेश्वरमा भएको एकता कार्यक्रममा दुवै पक्षका महिला नेतृले अबदेखि औपचारिक रुपले आफूहरु एउटै संगठनमा आबद्ध भएको र महिलाका मुद्दामा सँगै संघर्ष गर्ने उद्घोष गरे।

एकता कार्यक्रममा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का इन्चार्ज उर्मिला अर्यालले नवप्रवेशिकालाई स्वागत गर्दै महिलालाई राजनीतिक अधिकार दिलाउनका लागि आर्थिक आत्मनिर्भरताको व्यवहारिक अभियान सञ्चालन गर्नु पर्ने बताइन्।

पार्टीको कार्यालय सदस्य समेत रहेकी नेतृ अर्यालले अझै पनि धेरै महिलालाई मुक्त गराउन नसकिएको भन्दै उनीहरुको सबलीकरण बिना देशको समृद्धि कठिन भएको उल्लेख गरिन्। उनले राजनीतिमा महिला जति उचाइमा पुगेपनि पुरुष नेतृत्वकै हाली मुहाली रहेको उल्लेख गरिन्।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)को अध्यक्ष अमरिता थापा मगरले ध्रुविकरणमार्फत मुक्ति तथा क्रान्तिकारी महिलाहरुको एकताले एउटा आयाम ठूलो आयाम थपेको बताइन्। नेतृ थापाले महिलाको भुमिका कसैले पनि ओझलमा पार्न न सक्ने दाबी गर्दै संगठननै सबै भन्दा ठूलो बल भएको भन्दै राष्ट्र निर्माण र परिवर्तनका लागि महिलाहरु एकजुट हुनु पर्ने बताइन्। उनले निर्वाचन अघि पार्टी एकता भएको उल्लेख गर्दै, भातृ संगठनबीच एकता प्रकृयामा ढिलाई  भएपनि मुल स्पिरीट पार्टी एकता सँगसँगै कायम भएको बताइन्।

एकतामा आएका नयाँ शक्ति नेपाल निकट महिला शक्ति महासंघको अध्यक्ष लमजङ शेर्पा र नेकपा संयुक्त पार्टी निकट नेपाल महिला फेडरेशनको अध्यक्ष देविका लिम्बुले पार्टीको एजेण्डा र परिवर्तनकारी भूमिका प्रमुख विषय भएको भन्दै  अबदेखि हातेमालो गर्दै महिला आन्दोलन अगाडि बढाउने बताए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »