कपिलवस्तुमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२९ पौष २०७४

banner

सांकेतिक तस्वीर

कपिलवस्तु । कपिलवस्तुमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार साँझ एकजनाको मृत्यु भएको छ ।

भैरहवाबाट तौलिहवा आउँदै गरेको लु २ त २७२७ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ मोतिपुर बस्ने २५ वर्षीय रामबोध केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका केवटको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »