युएईका लागी नेपाली राजदुत टन्डनको बिदाई 

२९ पौष २०७४

banner

लोकेन्द्रबहादुर बम 
युएई । आफ्नो ४ वर्षे कार्यकाललाई सकाएर नेपाल फर्कन लागेका युएईका लागी नेपाली कार्यबाहक राजदुत नेत्रबहादुर टन्डनलाई एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरिएको छ ।

शुक्रबार  एनआरएनए युएई, नेपाली जनसम्पर्क समिती युएई, प्रवासी नेपाली  मञ्च युएई र नेपाली एकता समाज युएईले संयुक्तरूपमा  कार्यक्रमको आयोजना गर्दै बिदाई गरेका थिए । एम्बासडर होटेल बर, दुवईमा आयोजित उक्त बिदाई समारोहमा बोल्दै युएई स्थित प्रतिनिधिहरुले टन्डनलाई बिदाई गर्नुपर्ने दिन आउँदा आफुहरु दुःखि भएको बताएका थिए । साथै उनिहरुले कार्यवाहक राजदुत टण्डनले आफ्नो कार्यकालमा पुर्याएको योगदानको पनि चर्चा गरेका थिए ।

उक्त बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै काबा राजदुत टन्डनले युएई बसाई सधैभरी आफ्फे सम्झनामा आउने बताए । साथै उनले बिदाई कार्यक्रम आयोजना गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

टन्डन दम्पतीलाई सम्मान पत्रका साथ बिदाई गरिएको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »