व्यवसायीहरुको संस्था फर्सी ग्रुपको आयोजनामा युएईमा फुटबल प्रतियोगिता

२९ पौष २०७४

banner

लोकेन्द्रबहादुर बम
युएई । शुक्रबार दुवईको सफा पार्कमा युएईमा रहेका नेपाली व्यवसायीहरुले बनाएको संस्था फर्सी गु्रपले आयोजना गरेको ‘फर्सी गु्रप फुटबल टुर्नामेन्ट – २०१८’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

औपचारिक रुपमै संचालन गरेको कार्यक्रममा फर्सी गु्रपका खेलकुद संयोजक सूर्य गिरी सभापति थिए भने व्यवसायी एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ र समाजसेवी गोबिन्द ढकाल लगाएत अन्य व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो । आयोजक फर्सी गु्रप १८ सदस्यलाई ३०० मिटरको दौडबाट सुरु हुँदा  मुख्य आकर्षण बिशेष प्याकिङ्ग गरेर ल्याएको फर्सीलाई फुटाएर त्यो भित्र राखिएको चकलेट खाँदै कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको संचालन फर्सी गु्रपका खेलकुद सह–संयोजक लोकेन्द्रबहादुर बमले गरेका थिए । आयोजक फर्सी गु्रप टिम, नेपाली ट्राभल टिम , नेपाली रेस्टुरेन्ट टिम, नेपाली ट्रेडिङ्ग टिम गरेर ४ टिम रहेका थिए । प्रथम हुने नेपाली ट्राभल टिमले ट्रफी, मेडल र प्रमाण–पत्र पाएका थिए त्यस्तै आयोजक फर्सी गु्रप टिम र नेपाली रेस्टुरेन्ट टिम क्रमशः द्धितिय र तृतीय भएर ट्रफी, मेडल र प्रमाण–पत्र पाएका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »