अमेरिकाको भर्जिनियामा ‘तमू ल्होसार’ विशेष कार्यक्रम हुँदै

२९ पौष २०७४

banner

अमेरिका । अमेरिकाको भर्जिनियामा ‘तमू ल्होसार’को अवसरमा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

भोली (आईतबार) हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था ‘ग्रेटर वासिङटन तमू समाज’ले जनाएको छ । कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुनकुमार कार्कीले गर्ने आयोजक संस्थाका नन्द गुरुङ्गले जानकारी दिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिसंगै गीत, नृत्य र डिजेको सांगितिक प्रस्तुती रहने जनाईएको छ । सो कार्यक्रममा नेपाली लगायतका विशेष परिकारका स्टल समेत रहने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको बारे विस्तृत जानकारी माथीको सूचनामा उल्लेख छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »