चिसोका कारण सप्तरीमा थप दुईको मृत्यु

२९ पौष २०७४

banner

राजविराज । पूर्वी तराईमा बढेको शीतलहर तथा जाडोका कारण सप्तरीमा शनिबार साँझ एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपनी गाउँपालिका–८ रायपुर निवासी २ वर्षीय शिवम् पासवान र डाक्नेश्वरी नगरपालिका–८ बिसहरिया निवासी ७० वर्षीया शुगावतीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक धु्रवकुमार श्रेष्ठले बताए । बालकलाई चिसो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सरदारको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

योसँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »