माघ ५ गतेसम्मको साप्ताहिक राशिफल 

३० पौष २०७४

banner

  • जोतिषाचार्य : भानुराज अर्याल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साताको शुरुमा आफ्नो कमजोरीले अरुले फाइदा लिनसक्ने छन् । तर आईतबार देखि समय सुध्रँदै जानेछ । पहिले बिग्रिएका कामलाइ सुधार गर्ने अवसर पनि पाईनेछ । आफ्नो यशकिर्ती बढाउने अबसरको सदुपयोग गर्न अलि चनाखो बन्नु होला । कामको सिलसिलामा यात्राको योग पनि प्रवल रहेको छ । काममा पदोन्नति तथा गरेको कामको प्रशंसा पनि हुनेछ । पठनपाठनमा सानातिना अवरोधका भएतापनि उल्लेख्य प्रगति गर्न सकिनेछ । मातापिताको स्वास्थ बिग्रन सक्ने भएकाले साबधान रहनु होला। खानपान नसुधारे आफ्नै पेटको समस्याले दुख दिनसक्नेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दुर्घटनामा परिने सक्ने भएकाले सोमबार र मंगलबार बिशेष सावधान रहनुहोला । नसोचिएको परिस्थितीले गर्दा दिक्दारी बढ्नेछ । आफुले विश्वास गरेको व्यक्तिले धोका दिन र ठग्न सक्ने भएकोले व्यापार व्यबसायमा चनाखो रहनुहोला । बिग्रिएको व्यापार बुधबार देखि बिस्तारै राम्रो हुँदैजानेछ । सरकारी पक्षबाट दण्ड जरिवानामा पर्ने र अबरोधको सामना गर्नु पर्ने हुनसक्ला । पारिवारमा रहेको मनमुटाबलाई कम गर्न संयमता अपनाउनु होला । आफ्नो क्षमता देखाउने अवसर छिट्टै नै आउने भएकोले समयलाई पख्रनुहोस । पेट बिग्रने र ढाडको नशामा केही समस्या आउन सक्ने हुनाले आफ्नो स्वास्थमा ध्यान दिनुहोला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मंगलबार सम्म दिन राम्रै बित्नेछ भने बाँकि सप्ताहन्तमा अलि सजग रहनुहोला । व्यबसायीक कामको अफ्ठ्यारो स्थिती बिस्तारै तपाँईको काबुमा आनेछ । पहिले गुमेको काम फेरि गर्ने अवसर आउने छ।  जीवन साथीको स्वास्थ समस्याले तनाव ल्याउला । पेट तथा मिर्गौला सम्बन्धि केहि समस्या आउन सक्ने भएकोले खानपानमा सचेत हुनुहोला। आउँदो महिना (माघ) मा काममा अबरोध आउने समस्याको गाँठो फुकाउने नसकिने तथा व्यावसायमा मन्दी हुनसक्ने भएकाले सजग रहनु होला । व्यापारको बिस्तार १ महिना पछिलाई सार्दा राम्रो हुने देखिन्छ। बिद्यार्थीवर्गका लागि भने यो समय सुखद रहनेछ। 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) 
यो साता राम्रै बित्नेछ । साझेदारसंग र सम्पतिमा मुद्दामामीला हुनसक्ने भएकोले सचेत रहनुहोला । घरका महिलावर्ग संगको विवादले मानशिक अशान्ती हुनसक्ने हुनाले सो बाट बच्ने प्रयास गर्नुहोला । आमाको स्वास्थमा सामान्य समस्या आउन सक्ला । वितेका दिनहरुको सफलताले अति आत्मविश्वासी भएर व्यापार व्यबसायमा ठुलो जिखिम नलिनुहोला । नियमित आम्दानीका स्रोतहरुले तपाँईलाई आनन्द दिनेछ । आगामी महिना व्यापरीक साझेदार तथा जीवनसाथी संग वादविबाद हुनसक्ने हुनाले आफ्नो क्रोधलाई नियन्त्रण गर्ने श्रेयसकर हुनेछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
साता उत्साहप्रद रुपमा नै रमाईलै बित्नेछ । परिवारीक जमघटले मनमा आनन्द दिनेछ । प्रतिस्पर्धीहरुलाई पछि पार्न सकिनेछ । भैरहेका कामको बिस्तार र नयाँ कामको थालनी गर्न सकिनेछ । तर आफ्ना सन्ततिको पठनपाठन र स्वास्थ प्रति सजगता अपनाउनु होला । खर्चको व्यबस्थापन राम्रोसंग गर्नु होला । आवेगमा गरिएको लगानी डुब्ने सभांवना रहेकाले सावधान रहुनु होला आगामी दिनहरुमा रिस बढ्ने र बादविबादमा मन जान सक्ने भएकोले आफ्नो विबेक नगुमानु होला । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सोमबार र मंगलबार बाहेक यो साता राम्रै बित्नेछ । स्थिर सम्पतिमा बृद्धि हुने समय भएपनि केही बिवाद पनि आउनेछ । प्रतिस्पर्धी व्यबसायबाट फाईदा होला । राम्रो लगानीको अवसर आउनेछ । आम्दानीको स्थिती पनि उच्च रहनेछ । घरमा बिलासिताका सरसामान जोडिन सक्ला । आफ्नो सोचाईमा मात्रै एकोहोरो नबने आउने दिनमा परिस्थिती निकै अनुकुल बन्नेछ । पारिवारसंग जमघट तथा भेटघाटले पनि आनन्द दिनेछ । आँखामा चोटपटक लाग्न सक्ने भएकाले सजग रहनु होला। 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
साताको शुरुमा कार्यालयका सहयोगीहरु संयमित भएर नबोले परिस्थिति बिग्रन सक्नेछ । कार्यलयका साथीभाईहरुले सोचे जस्तो सहयोग गर्ने छैनन् र तपाँईका बिरुद्धमा उजुरी पनि पर्नसक्ने देखिन्छ । तसर्थ आफुले जस्तो मेहनत र व्यवहार गरिन्छ सोही अनुरुप कामहरु बन्नेछन्। होस गुमाएर बोल्दा कसैको घृणाको पात्र बनिनेछ तसर्थ बोल्दा सचेत रहनु होला । क्रोधलाई नियन्त्रण गरे तपाँईले आँटेका कामहरु पुरा हुनेछन । साताको मध्य देखी घरमा केही खिचलो हुनसक्नेछ । बैवाहिक जीवन भने राम्रै रहनेछ । घाँटि तथा छातीमा संक्रमण हुन सक्ने संभावना भएकोले स्वास्थ प्रति सचेत रहनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
साताको शुरुमा सोचे अनुरुप कामहरु बन्नेछन भने स्वाद अनुसारको भोजन पनि गरिनेछ । सोमबार र मंगलबार आफ्नो बोलिलाई ज्यादै नै नियन्त्रण गर्नुहोला नत्र परिस्थिती निकै प्रिकुल बन्न सक्नेछ । दाजुभाई बिच अंशबण्डा पनि हुनसक्ला । स्थाई सम्पतिमा क्षतिपुग्ने संभावना भएकोले सतर्क रहनुहोला।  पैत्रिक सम्पतिको विवादले मनमा असन्तोष अनुभव हुनसक्ला । खर्चको व्यबस्थापन सही रुपमा गर्ने कोशिस गर्नुहोला । अफ्ठ्यारो परिस्थितीबाट भाग्न खोजिनेछ तर बिस्तारै समय तपाँईको अनुकुल बन्दै जाने हुनाले सकारात्मक सोच राख्नुहोला । आँखामा समस्या आउने देखिएकोले समयमै चिकित्सकको सल्लाह लिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
साताको शुरुमा मन तनाव मै रहनेछ । एक्लै बसेर आफ्नो बारेमा चिन्तन गर्न मन लाग्नेछ । सोचे अनुसारको काम नहुनाले मनमा दिक्दारी महशुस हुनेछ । बिभिन्न किसिमका जिम्मेदारी बढ्नाले शिथिलता अनुभब हुनेछ । तर कामको अफ्ठ्यारो परिस्थितीले आम्दानीमा भने त्यति धेरै नकारात्मक असर गर्नेछैन । पहिले गरिएको लगानीले अहिले प्रतिफल राम्रै दिनेछ । शेयरमा लगानी गर्ने उपयुक्त अवसर भएकोले यसमा फाइदा हुनेछ । बैवाहिक जीवन भने राम्रै रहने छ भने सन्तानका प्रगतिले पनि मनमा आनन्द दिनेछ । शरिरका बिभिन्न भागमा रोगले दुख दिने समय भएकाले आँखा तथा मुख, दाँत र पेटको स्वास्थमा निकै सचेत रहनुहोला । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मंगलबार देखी साता राम्रै बित्नेछ । बढ्को खर्च घटाउन ठुलै मेहनत गर्नुपर्ने देखिन्छ । अपर्झट खर्च गर्नै पर्ने परिस्थिती पनि देखा पर्न सक्छ । काम गर्दै जाँदा समयले बिस्तारै साथ दिनेछ । कार्यालयको कामले बिदेश भ्रमण पनि हुनसक्ला । मनमा निराशाजनक कुराहरु आईरहनेछन तर मंगलबार पश्चात तपाँईको मनमा नयाँ आँट पलाउनेछ । परिस्थितीको सामना अलि सहज महशुस गरिनेछ । पठनपाठनका लागि बिदेश जानखोजे समयले साथ दिनेछ । बैदेशीक व्यवसायबाट राम्रै लाभ मिल्नेछ । बैवाहिक जीबनमा भने तिक्तताको स्थिती रहला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) 
साताको मध्य सम्म दिन राम्रै बित्नेछ व्यापार व्यवसायका पनि राम्रो नै छ । दिर्घकालिन योजनाहरु अगाडी बढ्नेछन । कामगर्ने जोशजाँगर पनि बढ्नेछ । कामको लगनशिलता र सही अवसरले गर्दा भाग्य बढ्नेछ । पदोन्नतिको अवसर पनि पाईनेछ । मनोरञ्जनका साधनहरु थपिने छ । तर बिस्तारै खर्चको मात्रा बढ्ने हुनाले आफ्नो बजेटको व्यवस्थापन सही रुपमा गर्नुहोला । जीवनसाथीको स्वास्थमा केही समस्याहरु आउने संभावना देखिइकोले सावधान रहनु होला । बढेको क्रोधले पारिवारिक वाताबरण बिग्रने हुनाले आफूलाई संयमीत राख्न जरुरी छ ।   

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) 
तो साता केहीहद सम्म तनावपूर्ण स्थिती नै रहनेछ । कामको बोझ धेरै भएपनि कामबाटै प्रशंसा(पुरस्कार पाईनेछ । आम्दानी राम्रै रुपमा बढ्दै जानेछ । ईच्छा गरेको बिलासिताका सर(सामानहरु घरमा भित्रनेछन । कामको बोझ आगामी दिनहरुमा कम हुँदै जानेछ । बोल्दा होस नपुर्याए झै(झगडामा पर्ने सक्ने देखिन्छ । चोटपटक र दुर्घटनाको योग देखिएकोले सवारी साधन चलाउँदा सजग रहनु होला । आमाशय र मलद्वारमा समस्या आउनसक्ने हुँनाले खानपानमा सजग रहनुहोला । दिर्घकालिन रोगबाट बच्न नियमित जाँच गराउनु होला ।

जोतिषबारे थप जानकारीका लागि तलको ठेगानामा सम्पर्क राख्न सक्नुहुनेछ :    

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष