रोनाल्डोको भन्दा दोब्बर पारिश्रमिक लिन्छन् मेस्सी 

३० पौष २०७४

banner

एजेन्सी । क्याटलान जाइन्ट बार्सिलोनासँग गत नोभेम्बरमा नयाँ सम्झौता गरेका स्टार स्ट्राइकर लियोनल मेस्सीको पारिश्रमिक सार्वजनिक भएको छ। 

फुटबल लिक्सका अनुसार मेस्सीले हप्ताको २४ लाख अमेरिकी डलर पारिश्रमिक लिने गरेका छन्। उनको वार्षीक कमाई जम्मा एक सय २३ मिलियन अमेरिकी डलर हुने गरेको फुटबल लिक्सले उल्लेख गरेको छ। बार्सिलोनासँग सन् २०२१ सम्म क्लबमा रहने सम्झौता गरेका मेस्सीले   पारिश्रमिक भने सार्वजनिक गरेका थिएनन्। 

मेस्सीको यो पारिश्रमिक बालोन डी’ओर विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको भन्दा झण्डै दोब्बर हो। मेस्सीले पारिश्रमिक बापत वर्षमा ८६ मिलियन र बाँकी इमेज राइट मार्फत कमाउने गरेका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »