अमेरिकामा जारी भयो मिसाइल आक्रमणको अलर्ट, ज्यान जोगाउन मानिसहरु भागाभाग

३० पौष २०७४

banner

वासिंटन। अमेरिका र उत्तर कोरियाबीच युद्धस्थिति भएको धेरैलाई जानकारी छ। पछिल्लो समय यी दुवै देशका राष्ट्राध्यक्ष एकअर्का देशमाथि परमाणु आक्रमण गर्ने धम्की दिँदै आएका छन्। तर यसबीच अमेरिकाको हवाई सहरमा उत्तर कोरियाको परमाणु आक्रमण गर्ने धम्कीलाई सत्य मानेर पूरै सहरमा भागदौड मच्चिएको छ।

हवाई प्रान्तमा कर्मचारीको गल्तीका कारण पूरै सहरमा मिसाइल आक्रमणको अलर्ट जारी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। पछि सो अलर्ट गल्तीले जारी भएको थाहा भएको छ। अर्लट जारी भएपछि मानिसहरु सुरक्षित ठाउँ खोज्दै भागेका थिए।

सो गल्तीकालागि हवाई राज्यका गभर्नरले माफी मागेका छन्। उनले एक कर्मचारीका गल्तीका कारण सो बटन दाविएको बताएका छन्। सो राज्यका सबै मानिसको मोबाइलमा एक म्यासेज आयो।  म्यासेजमा हवाई प्रान्तमा मिसाइल आक्रमणको अर्लट जारी गरिएको थियो।  ‘हवाई सहरमा ब्यालेस्टिक मिसाइलको खतरा छ, तत्काल सुरक्षित स्थानको खोजी गर्नुस्,’ म्यासेजमा उल्लेख गरिएको थियो। सो म्यासेजलाई मानिसले सत्य माने, किनभने अमेरिकाको उत्तर कोरियासँगको विवाद उत्कर्षमा पुगेको छ। त्यही भएर सो अलर्टलाई मानिसहरुले सत्य मानेका हुन्। 

सो चेतावनी जारी भएको दश मिनेटपछि हवाइ आपातकालीन प्रधन्धन एजेन्सीले ट्विट गर्दै मानिसलाई हवाई राज्यमा मिसाइल आक्रमणको कुनै खतरा नभएको जनायो।  अर्को आपतकालीन अर्लट स्थानीय समय अनुसार ८ बजेर ४५ मिनेटमा आएको थियो। राज्यका गभर्नर डेविड इजेले सबै मासिनसँग माफी माग्दै कर्मचारीको लापरवाहीले अर्लट जारी भएको जनाए। सो अर्लट जारी भएपनि मानिसहरुबीच सुरक्षित स्थानको खोजीमा भागदौड मच्चिएको थियो। उनीहरुले आफ्नो शहरमा मिसाइल आक्रमणको खतरा नभएको जानकारी पाएपछि उनीहरुले आफ्नो अनुभव संचारमाध्यममा सुनाएका थिए। 

हवाई सहरमा मानिसको मोबाइल ‘हवाइमा ब्यालेस्टिक मिसाइल आक्रमणको खतरा छ। चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा पुग्नुस्। यो अभ्यास होइन,’ यस्तो म्यासेज आएको थियो। रेडियो र टेलिजिनमा पनि यो अर्लट प्रशारण भएको थियो। उत्तर कोरियाको मिसाइल आक्रमणको धम्कीका कारण हवाई राज्यलाई संवेदनशील मान्दै अर्लट सिस्टम तयार गरिएको थियो। डिसेम्बरमा अमेरिकाले परमाणु आक्रमणको साइरनको परीक्षण पनि गरेको थियो।  यस्तो अवस्था शीत युद्ध समाप्तीपछि पहिलो पटक भएको हो।
 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »