लड्दालड्दै यी रेस्लरलाई लाग्यो गम्भीर चोट, सधैंका लागि रिंगबाट बाहिरिइन (भिडियोसहित)

३० पौष २०७४

banner

एजेन्सी। डब्लुडब्लुइकी सुपरस्टार महिला रेस्लर पेज अब फेरि रिंगमा नफर्किने भएकी छिन् । एउटा खेलको क्रममा गम्भीर चोट लागेपछि उनको रेस्लिङ करिअर सदाको लागि समाप्त भएको छ । २५ वर्षकी यी रेस्लरलाई एक महिनाअघि भएको खेलमा अर्की रेस्लर साशा बैंकले पछाडिबाट प्रहार गरेकी थिइन् । पछि जाँच गर्दा थाहा भयो उनलाई ‘स्ट्रिंगर’ भएको छ । 

लंग आइल्याण्डमा ६ महिला रेस्लरबीच भएको यो खेलमा पेजलाई साशाले पछाडिबाट खुट्टाले प्रहार गरेकी थिइन् । यो आक्रमण पछाडिबाट भएकोले पेज यसको लागि तयार थिइनन् । प्रहारपछि उनी सम्हालिनै पाइनन् । यो किक लागेपछि पेज त्यहीँ ढलिन् र उठ्नै सकिनन् । पीडाका कारण धेरै बेरसम्म उनी रिंगमै तड्पिरहिन् । उनलाई समस्यामा देखेर रेफ्रीले मेडिकल सहयोग बोलाए । तर यसले पनि कुनै फाइदा नभएपछि अन्त्यमा म्याच रद्द गरियो । 

यो घटनापछि सबैले चोट त्यति धेरै गम्भीर नभएको सोचेका थिए । तर पछि विभिन्न जाँच गर्दै जाँदा यो चोट निकै गम्भीर भएको पाइयो । अब पेज फेरि रिंगमा फर्किने सम्भावना लगभग समाप्त भएको छ । डाक्टरका अनुसार यो चोड अर्का रेस्लर एजको जस्तो हुन सक्छ । एजले पनि चोटपछि डब्लुडब्लुइबाट सन्यास लिएका थिए । सुरुमा सबैले पेज २८ जनवरीमा हुने रोयल रम्बलसम्म ठिक भएर रिंगमा आउने अपेक्षा गरेका थिए । 

भिडियोमा हेर्नुहोस् यस्तो थियो साशा बैंकको प्रहार जसले पेजको करिअर समाप्त पारिदियो 
 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »