विभिन्न स्थानमा तीन जनाको शव भेटियो

३० पौष २०७४

banner

काठमाडौं । विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ। शुक्रबारदेखि हराएका गोर्खा पालुङटार नगरपालिका घर भएका ४५ वर्षीय दिपेन्द्र देवकोटाको शव प्रहरीले बालुवा बेशीको जंगलमा  फेला पारेको थियो। उनको भिरबाट लडेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ। 

 शुक्रबारदेखि हराएकाले  खोजी गर्ने क्रममा मादी गाउँपालिका–९ स्थित मिजुरे बालुवा बेशीको जंगलमा भिरबाट लडेर मृत अवस्थामा शनिबार फेला परेका छन् । 

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका–४ भीरकोटमा ज्यामी काम गर्दै आएका भारत रक्सौल घर भएका ४५ वर्षीय टुना अन्सारी पनि मृत फेला परेका छन्। शनिबार राति मुक्ति बि.क.को घरमा खाना खाई सुतेको अन्सारी बिहान मृत भेटिएका थिए। 

त्यस्तै रसुवामा पनि एक जनाको शव फेला परेको छ। रसुवाको गोसाइकुण्ड गाउँपालिका–६ धुन्चे घर भई हाल पार्वतीकुण्ड गाउँपालिका–१ नेसिङमा घर बनाउने काम गर्दै आउका ४० वर्षीय फुर्पा पासाङ तामाङ मृत फेला परेका हुन्। शनिबार बेलुका खाना खाई सुतेको उनी बिहान मृत भेटिएका थिए। यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »