आप्रवासी कामदारका लागि कोरिया सरकारले ल्यायो नयाँ नियम

३० पौष २०७४

banner

अर्जुन बराल
दक्षिण कोरिया ।  दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमति प्रणाली मार्फत वार्षिक पचास हजार भन्दा बढी आप्रवासी कामदारको आपूर्ति गरिरहेको दक्षिण कोरिया सरकारले आप्रवासी कामदारलाइ लक्षित गरी नयाँ नियम लागु गरेको छ। 

श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐनले आप्रवासी वैधानिक तथा अवैधानिक कामदार र कोरियाली कामदार दुबैलार्ई औद्योगिक दुर्घटना पश्चात पाउँनुपर्र्र्ने क्षतीपूर्तिलाई विभेद नगरी श्रम मन्त्रालयको क्षतीपूर्ती दाखिला फारम बिनापनि समानरुपमा क्षतीपूर्ती पाउन योग्य रहेको घोषणा गरेको छ। 

औद्योगिक दुर्घटनामा परेका अवैधानिक आप्र्रवासी कामदार रोजगारदाताले प्रमाण नपुगेको, रोजगारदाताको अनुरोधमा अस्पतालले घटनालाई लुकाउने गरेकोलगायतका कारण देखाई कामदारलाई औषधि उपचार तथा क्षतिपूर्तिबाट बञ्चित गरेको पाइएपछि सरकारले नयाँ नियम लागु गरेको हो। 

सर्वेक्षणका क्रममा कामदारको भाषा अज्ञानताको कारण देखाउँदै दुर्घटना पश्चात दिनुपर्ने औषधौपचार र उपचारका क्रममा कुल मासिक न्युनतम ज्याला दिन र्ईन्कार गरेका जस्ता घटना देखिएपछि सरकारले समान रुपमा क्षतीपूर्ती भुत्तान योजनालाई कार्यान्वयन गर्र्र्र्ने नयाँ नियम लागु गरेको जनाएको छ। 

यो नियमले कोरियाको आप्रवासी अवैधानिक कामदारको समस्या हट्ने तथा वैधानिक कामदारको आपूर्तीमा बृृद्धि हुने सरकारको अपेक्षा छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »