‘ओली पाँच वर्ष प्रधानमन्त्री, दाहाल पार्टी अध्यक्ष’

३० पौष २०७४

banner

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री महेन्द्रबहादुर शाहीले अव बन्ने प्रधानमन्त्रीले पाँच वर्ष मुलुक संचालन गर्ने दावी गरेका छन्।  नेता शाहीले बामगठबन्धन नेताद्वय अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्ये ५ वर्षसम्म एक जनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व लिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

आइतबार भक्तपुरमा आयोजित साक्षात्कार कायक्रममा बोल्दै उनले मुलुकलाई राजनीतिक स्थायित्व दिन बाम गठबन्धनबीच चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति भएकाले सोही अनुसार अघि बढन एमाले र माओवादी केन्द्र प्रतिवद्ध रहेको बताए।

नेता शाहीले जनताले राजनीतिक स्थिरता र विकासका लागि बाम गठबन्धनलाई चुनावमा बहुमत दिएको पनि स्मरण गराए।  नेता शाहीले मुलुकलाई आत्मनिर्भर हुन नदिन अन्तराष्ट्रिय शक्ति केन्द्रहरु लागि परेको दावी पनि गरे। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »