काठमाडौंबाटै रोकिरहेको माइक्रोबस गायब भएपछि... 

३० पौष २०७४

banner

सांकेतिक तस्वीर

काठमाडौं । हामीले घर तथा पसलबाट नगद तथा जिन्सी सामानहरु चोरी भएका घटना दिनहुँजसो सुन्दै आएका छौँ ।

देशमा पकेटमारहरुलाई दिनहुँ प्रहरीले पक्राउ गरेका घटनापनि हामीमाझ आइरहन्छन् । राजधानीमा मोटरसाइकल तथा स्कुटर चोरी भएका घटना पनि अब नौलो रहेनन् ।

तर मुलुककै सबैभन्दा सुरक्षित स्थान मानिएको राजधानी काठमाडौंबाटै शनिबार रोकिरहेको माइक्रोबस नै चोरी भएको घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित हुलाक घर अगाडि पार्किङ गरी राखेको बा.१ ज ८१७१ नम्बरको माइक्रो बस शनिबार पार्किङस्थलबाटै चोरी भएको हो ।

अहिले प्रहरीले माईक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङ सहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »