दलित तथा गरिव परिवारलाई अध्यक्षले गरे १०० थान कम्बल बितरण

३० पौष २०७४

banner

सिरहा । तराई तथा मधेसमा शीतलहर सँगै बढेको जाडोका कारण जनजीवन नराम्रो सँग प्रभावित भएको छ ।

शीतलहर तथा चिसोका कारण बालबालिका, बृद्धबृद्धा लगायत आम जनता मारमा परेका छन् । न्यानो कपडाको अभावमा गरिव परिवाका सदस्य तथा दलितहरु विशेष गरी मर्कामा परेका हुन् । 

जाडोमा कतिपय मानिसहरुको अकालमा ज्यान गएको छ भने कतिपय थला परेका छन् । 

शीतलहर तथा जाडोले आममानिसलाई आक्रान्त पार्दासमेत स्थानीय सरकार लगायत कुनै पनि संघसस्थाले न्यानो कपडा तथा दाउराको व्यवस्था नगरेको बिरोध भैरहेका बेला सिरहास्थित कल्याणपुर नगरपालिका वडा नं १ ले भने १०० कम्बल बितरण गरेको छ। 

जाडोले स्थनीय गरिव परिवारको बिजोग भएकाले केही राहत मिलोस भन्ने उद्धेश्यले कम्बल बितरण गरेको जानकारी वडा अध्यक्ष जयराम कामतीले गराएका छन् । 

शीतहलर तथा जाडोले विशेष गरी गरिव तथा दलित परिवारका सदस्यहरु बढी प्रभावित भएपछि डिसीनेपाका संवाददाता संजय महराले कभर स्टोरी गरेका थिए । महराको कभरस्टोरी बट आफू प्रभावित भएको र चिसोबाट आक्रान्त परिवारलाई केही राहत मिलोस भनेर आफूले कम्बलको व्यवस्था गरेको जानकारी अध्यक्ष कामतीले गराएका छन् ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »