यो जेलमा पठाइए साउदीका सबैभन्दा धनी राजकुमार, जहाँ राखिन्छन् खतरनाक आतंकवादी

३० पौष २०७४

banner

एजेन्सी। साउदीका राजकुमार तथा देशका सबैभन्दा धनी व्यक्ति प्रिन्स अलवलिद बिन तलाललाई होटलबाट जेलमा सारिएको छ । उनले सरकारलाई रिहाइको बदलामा ६,३५८ करोड रकम तिर्न अस्वीकार गरेका छन् । त्यसपछि उनलाई अल हायर जेलमा पठाइएको छ । यो हाइप्रोफाइल जेलमा आतंकवादीहरुलाई राखिन्छ । यसअघि प्रिन्स तलाललाई रियाध रित्ज कार्टन होटलमा राखिएको थियो । तलाललाई भ्रष्टाचारको अभियोगमा २ महिनाअगाडि २ सय अन्य राजकुमार तथा उच्च अधिकारीहरुसँगै पक्राउ गरिएको थियो । 

अल हायर जेलमा निकै खतरनाक आतंकवादीहरुलाई राखिन्छ । यहाँ लग्जरी कोठाको साथै स्विमिङ पुल जिमसम्मका सुविधाहरु छन् । यहाँ आउने कैदीहरुलाई उनीहरुको कोठाको की कार्ड दिइन्छ । जहाँ उनीहरुलाई किंग साइज बेडदेखि ठूलो स्क्रिनको टिभीसम्म उपलब्ध हुन्छ । यो जेल कुनै विलासी होटलको कोठाजस्तै छ जहाँ दिनमा ३ पटक खाना पाइन्छ । यसलाई फ्यामिली हाउस भनिन्छ । यो जेलको मुख्य उद्देश्य आतंकवादीलाई सुधार गर्नु हो ताकि उनीहरु आफ्नी श्रीमती र छोराछोरीसँग पुरानो जिन्दगीमा फर्किन सकुन् । यहाँ आतंकवादसँग सम्बन्धित ५ हजार कैदीहरु छन् । 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »