सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

३० पौष २०७४

banner

सांकेतिक तस्बिर

काठमाडौं । आइतबार देश भर भएका सवारी दुर्घाटनामा परी करिव ८ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । 

नेपाल प्रहरीले जानकारी गराएअनुसासर अपराह्न्न ४ बजे सम्म बिभिन्न ठाउँम भएको सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको हो भने अर्का दुई जना घाइते भएका छन् । 

संखुवासभाको मकालु गाउँपालिका–३ स्थित सम्मटारमा नुमबाट स्याक्सिलागोलातर्फ जादै गरेको बा.५च १३०९ नम्बरको पिकअप भ्यान आज आइतबार सडकबाट अंदाजी ९ सय मिटर तल बरुण नदीको किनारमा खस्नपुग्दा  भ्यानमा सवार चालक सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

 दुर्घटनामा मृत्यु हुनेहरुमा मकालु गाउँपालिका–५ नुम बस्ने सोही गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र सोही गाउँपालिका–३ गोलेचौर बस्ने सुरेश राईको सनाखत भएको तथा अन्य मृतकहरुको प्रहरीले सनाखत कार्य गरिरहेको छ ।

उता दोलखाको गौरीशंकर गाउँपालिका–२ जुगु सतिडाँडा भन्ने स्थानमा तामाकोशीबाट बालुवा लिई जुगुतर्फ जाँदै गरेको को.२त ६१६८ नम्बरको ट्याक्टरको हाईड्रोलिक पाईप फुत्कदा टेलरले च्यापी सोही गाउँपालिका–२ बस्ने ट्याक्टर चालक ३५ बर्षीय चेतबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ । 

यसैगरी डडेलधुरको परशुराम नगरपालिका–५ भट्टराई टोल बस्ने २२ बर्षीय दिपक भट्टराईले चलाएको से.१त ९५८ नम्बरको ट्याक्टर रंगोल खोलामा बालुवा लिन जाने क्रममा आइतबार पल्टिदाँ चालक दिपकको घटनास्थलमै मृत्यु भएको छ । 

साथै दुर्घटनामा सोही ट्याक्टरमा लेबर काम गर्ने नबराज भट्टराई सामान्य घाईते भएकोले उपचारार्थ ईलाका स्वास्थ्य कार्यालय जोगबुढा लगिएको प्रहरीले जनाएको छ । 

उता कैलालीको जोशीपुर गाउँपालिका–२ गढीस्थित सडकमा से.१ त ६८०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा भजनी नगरपालिका–१ बस्ने ३४ वर्षीय राजाराम चौधरी र सोही ठाउँ बस्ने हरिप्रसाद चौधरी घाईते भएका थिए । 

घाइते मध्ये राजारामको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । फरार चालकको खाजी कार्य भैरहेको र घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ। 

     

Leave a reply

HTML Tags are not supported

Post My Comment »