नेता राजु खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त

३० पौष २०७४

banner

नेता खनाललाई मातृशोक, काँग्रेसद्वारा दुःख व्यक्त
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं पूर्वसांसद राजु खनाललाई मातृशोक परेको छ। 

दाङ घोराही निवासी पूर्वसांसद खनालका माता दुर्गादेवी खनालको गएराति ८१ वर्षको उमेरमा काठमाडौँको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

उनी मधुमेह र मिर्गौला रोगबाट पीडित थिए। स्वर्गीय खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्वर्गीय खनालको निधनमा नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ। काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। स्वर्गीय खनालका दुई छोरा र दुई छोरी छन्।

Leave a reply

HTML Tags are not supported

Post My Comment »