झापा फुटबल संघको अध्यक्षमा 'मामा' निर्वाचित

३० पौष २०७४

banner

विर्तामोड। झापा जिल्ला फुटबल संघको अध्यक्षमा चर्चित फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ निर्वाचित भएका छन्।

संघको हिजो झापाको धुलाबारीमा सम्पन्न विशेष साधारण सभा तथा नयाँ कार्य समितिको लागि भएको चुनावमा भगिरथ आले निर्विरोध निर्वाचित भएका हुन्। 

यसअघि जलकुमार गुरुङले तीन कार्यकालसम्म अध्यक्ष पदमा रहेर जिम्मेवारी सम्हालेका थिए।

कार्यक्रममा झापा गोल्डकप आयोजक समितिका संयोजक महेन्द्र गिरीले झापामा फुटबलको विकासका लागि सहारा नेपालले एक जना खेलाडीलाई मासिक तलव उपलब्ध गराएर झापा ११ बाट खेल्न प्रेरित गर्ने बताए।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »