दार्जिलिङमा देखियो पल र आँचलको क्रेज, भिडलाई सम्हाल्न प्रहरीलाई हम्मेहम्मे

३० पौष २०७४

banner

दार्जिलिङ। दार्जिलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका नायक पल शाह र नायिका आँचल शर्मालार्इ फ्यानहरुबाट जोगाउन मुस्किल परेको छ।

बिहान म्यारथनको स्टेज पुगे देखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए। भिडलाइ थाम्न नसकेपछि दार्जिलिंग पुलिसका डिएसपी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्सपेक्टर मिलन गुरुङले ५० भन्दा बढी प्रहरीको साथमा

पललार्इ मुस्किलले होटलसम्म पुर्याएका थिए। पल र आँचलकाका फ्यानहरुले होटलको गेट नछोडेपछि पललार्इ सार्बजनिक गर्नु परेको थियो। सुरक्षा घेरमा रहेका पल आफैले पछि प्रहरीलाई फ्यानहरुसँग फोटो खिच्न दिन अनुरोध गरेका थिए। उहाँहरुको मायाले नै यहाँ सम्म आइपुगेको भन्दै भिडमा जान तयार भएका थिए।

पललार्इ दिनभर होटलबाहिर कुर्ने अधिकांश युबतीहरु थिए। २ दिनसम्म दार्जिलिंगमा बसेका पललाइ पूर्ण सुरक्षा दिइएको थिए। दार्जिलिंग ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »