यता बेगले हावा चल्दा (गजल)

१ माघ २०७४

कृष्ण रिमाल, नवलपुर, डण्डा 

यता बेगले हावा चल्दा उता चल्यो कि चलेन!
यता सारा बस्ती ढल्दा उता ढल्यो कि ढलेन!

नियतिको खेल रैछ सारा जीवन खल्लो मात्र,
यता त दिल जलिराछ उता जल्यो कि जलेन!

आँशुबोकी आँखाभरी आशा बोकी मनभरी,
सपनीमा छल्योयता उता छल्यो कि छलेन!

उराठलाग्दो मरुभूमि छ, भेट्नेचाह बढीराछ,
दुइ चार आशा फलेयता उता फल्यो कि फलेन!

जिन्दगिलार्इ बुझें राम्रो आँशु हाँसो दुर्इदिनको,
शान्ति दिप बल्यो यता उता बल्यो कि बलेन!

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l