ह्यारी र मेगन दोस्रो सन्तानको पर्खाइमा

डिसी नेपाल
३ फागुन २०७७ २१:०७

लण्डन (एएफपी)। बेलायतका पूर्व राजकुमार ह्यारी र उनकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् ।

उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चितभएको उनका सहयोगीले जानकारी दिएका छन् । भ्यालेन्टाइन डेको अवसर पारेर उनीहरूले आफुहरू दोस्रो सन्तान जन्माउने तयारीमा रहेको सार्वजनिक गरेका हुन्।

एउटा रुखको तल बसेर मुस्कुराएको र मेगनको गर्भवती अवस्थाको तस्वीर उनीहरूले सार्वजनिक गरेका छन्। नयाँ सन्तान प्राप्त हुने खवरले राजपरिवारका सवै सदस्यहर्षित रहेको बताएको छ ।

“आर्ची दाई बन्ने सुनिश्चित भइसकेको छ,” उनका प्रवक्ताले भनेका छन् । उनीहरूका जेष्ठ सन्तानआर्ची गत मे मा एक वर्षको भएका छन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयकी नाती ह्यारी र उनकी श्रीमती मेगन गतबर्षको मार्चमा राजपरिवारको सदस्य परित्याग गरी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।

ह्यारी र मेगनबीच पहिलो भेट भएको १६ महिनापछि विवाहभएको थियो । सन् २०१८को मे महिनामा उनीहरुको विवाह भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *