निर्वाचन आयोगको निर्णयपछि राप्रपा आन्दोलित, निर्णय नसच्याए निर्वाचन हुन नसक्ने चेतावनी

५ चैत्र २०७३

banner

काठमाडौं। पार्टीको मुलभूत मान्यतालाई हटाएर पार्टीको विधान परिवर्तन गर्ने गरी निर्वाचन आयोगले गरेको निर्णय आपत्ति जनक भएको भन्दै राप्रपाले विरोध जनाएको छ। राप्रपाले आफ्नो मुलभूत मान्यतालाई निधेष गर्ने आयोगको निर्णय नस्विकार्ने चेतावनीसमेत दिएको छ। 

निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र एवं राजसंस्था सम्बन्धी वाक्याशं हटाइदिएपछि शनिबार विहान बसेको राप्रपा केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ। केन्द्रीय समिति बैठकले आयोगको निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा चैत ७ गते जुलुस सहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने, काठमाण्डौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापन पत्र बुझाउने नि र्णय गरेकाे छ ।

राप्रपाले आफ्नो मुलभूत मान्यतालाई निधेष गर्ने आयोगको निर्णय नस्विकार्ने चेतावनीसमेत दिएको छ। 


यसरी गरी  सो निर्णयबाट पार्टीको संबैधानिक हक खोसिएको वारे कानुनी उपचार खोज्ने, चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापि शान्तिपूर्ण सडक संघर्ष गर्ने, धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको छ।

आयोगको निर्णयले बैशाख ३१ गतेकालागि तोकिएको स्थानीय तहको निर्वाचनको वातावरण धमिलिन सक्ने चेतावनी समेत दिएको छ। 

निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै विधानमा उल्लेखित हिन्दु राष्ट्र एवं राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिएको थियो।  राप्रपाको विधानको प्रस्तावमै ‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको  लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश छ।


यसैगरी विधानको धारा पाँचमा ‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश छ। फागुन राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित केही वाक्याशंहरु नेपालको संविधानसँग मेल नभएको भन्दै निर्वाचन आयोगले शुक्रबार हटाइ दिएको थियो। 

निर्वाचन आयोगले विधानमा उल्लेखित हिन्दुराष्ट्र र राजसंस्थाका विषय विधानबाट हटाइदिएपछि राप्रपाको केन्द्रीय समितिको बैठक शनिबार विहान बसेको थियो। बैठकले पार्टीको प्रस्तावना र उद्देश्यमा उल्लेखित मुलभूत मान्यता हटाएको विषयप्रति गम्भीर आपत्ति जनाएको हो। बैठकले आयोगको निर्णय नस्विकार गर्ने चेतावनी दिएको छ। र आयोगलाई आफ्नो निर्णय पुर्नविचार गर्न आग्रह गरेको छ।

आयोगको निर्णयले बैशाख ३१ गतेकालागि तोकिएको स्थानीय तहको निर्वाचनको वातावरण धमिलिन सक्ने चेतावनी समेत दिएको छ। 
बैठकले राप्रपा नेपालको संविधान प्रति मन बचन र कर्मले प्रतिबद्ध रहेको र आफ्ना फरक मान्यतालाई संविधान निर्माणका रचनात्मक सहयोग पुर्याएको जनाएको जनाएको छ। बैठक पछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ। ‘ संबिधानका केही व्यवस्थाहरुमा असहमत छ, तर संबिधानको पालना र कार्यान्वयनमा पूर्णत प्रतिबद्ध रहेको छ ।’ 
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »