कविता - सन्दर्भ:प्रदेश-राजधानी

८ माघ २०७४

banner

अस्थाई नै भए पनि
कोही छन् दंग ।
आफ्नो हुने नभए पछि,
अन्त भयो जंग ।।
 
कोही हुन्छ भन्छन्
कोही कदापि हुन्न ।
उनिमाथि बस्नेलाई
केही पनि छुन्न ।।
 
कोही छायाँ कोही घाममा
कोही औंसीको जूनमा ।
बसिराछन् अगुवा हाम्रा
आफ्नै ताना बुन्न ।।
 
भोट कै लागि हिंजो भने  
बाचा बचन छरियो ।
बाचै बाचा बीचमा आज
जात्रे युद्ध छेडियो ।।
 
घाम छायाँको चक्रमा
मुलुक साह्रो दिक्क ।
खान पाइने कुरामा
सबै उनै ठिक्क ।।
 
युद्ध भए पनि उनलाई
के नै फरक पर्ने ।
त्यस्तै बेला उनको बाली
झन् झन् सप्री फल्ने ।।

कृष्ण भट्ट 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष