आत्माको मिलन भए- कल्पना पौडेल

१० माघ २०७४

banner

                   गजल 

आत्माको मिलन भए त्यै सम्बन्धमा घरबार हुन्छ 
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ 

तिम्रो नै भरोसामा नाता समाज छोडि आएँ
लैजाऊ मलाई धेरै टाढा जहाँ मायाको संसार हुन्छ 

जो सँग मिल्छ भावना बस्छ गहिरो प्रीति त्यहाँ
जसले दिन्छ धेरै खुशी त्यै जिन्दगीको हकदार हुन्छ 

लोभीलाई धनै प्यारो हितकारीलाई मनको सङ्गम
प्रियसीलाई प्रियतमको हृदय नै सरकार हुन्छ 

मायालुको अँगालोले बिर्साउँछ दुख _पीर सारा 
एक्लो यात्रा जिन्दगीको आगोको त्यो अङ्गार हुन्छ

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट नवलपरासी
नेपाल

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष